ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा भारी मात्रामा गाजाँ सहित एक जना पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,१२ कार्तिक ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा भारी मात्रामा लागु औषध गाजाँ सहित एक जना मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार कार्तिक ११ गते राती ११ बजेको समयमा पर्साको पटेर्वा सुगौलि गा.पा. वडा ५ निचुटा नौगछिया स्थितमा बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले BR22AE 6740 नम्बरको स्पेलेन्डर मोटरसाइकललाई रोकी चेक जाचँ गर्दा मोटरसाइकल पछाडी बोरामा बाधेर ल्यागदै गरेको अबस्थामा लागू औषध गाजाँ १० केजी सहित एक जना मानिसलाई पक्राउ गरेको पटेर्वा सुगौलीले जनाएको छ ।

पक्राउ परेको पर्सा जगनाथपुर ५ सोपुर बस्ने बर्ष ४५ को हिरामान यादवलाई  नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक केशरीले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *