पर्सा :लागु औषध सहित पोखराको एक जना पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,१२ कार्तिक ।

प्रतिबन्धित लागु औषध सहित कास्की जिल्लाको पोखरा बस्ने एक जना मानिसलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कार्तिक ९ गते साझ ५:४५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरमा वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको बसलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी  टोलीले चेकजाँच गर्ने क्रममा रोकी खानतलासी गर्दा जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.६ बस्ने वर्ष ४० को रबिन्द्र के.सी.ले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखिएको सेतो झोलामा कालो प्लाष्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी राखिएको प्रतिबन्धित लागु औषध ६ पोकामा फेनारगन-३०० एम्पुल, डाईजेपाम-३०० एम्पुल र IPPL नुरफिन ३००एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी गराएको छ।

पक्राउ गरिएका के.सी.लाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *