थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ

बिदेश राजनीति समाचार

धनगढी ,६ पुस । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु घुस खाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ घुस लिने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–१ बाट लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्।

गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२  वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *