ठोरीमा जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

समाचार

पर्सा,२४ साउन । पर्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई फकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका छन्।

 

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा गत २१ गते बुधवार बिहान १०बजे ठोरी २ स्थित जंगलमा उक्त घटना भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *