बारा, २३ साउन ।
बाराको मटिर्वा सिमानाबाट भारतीय नम्बर प्लेट BR-22U-6985 रहेको मोटरसाइकलमा लोड गरिएको भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी बल बाराका प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डिएसपी सुधीर खतिवडाको कमान्डमा खटिएको गस्ती टोलीले उक्त सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्करीमा संलग्न व्यक्ति मोटरसाइकल र मालसामान छाडी फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको मोटरसाइकल र मालसामानलाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने कार्य अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
