वीरगन्जमा निःशुल्क मानसिक स्वास्थ्य परीक्षण र परामर्श सेवा

समाचार

वीरगन्ज, भदौ १९। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) को प्रत्यक्ष सहयोगमा, मानसिक स्वास्थ्य परामर्श केन्द्र (सी.एम.सी.) नेपाल र वीरगन्ज महानगरपालिकाको साझेदारीमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम” अन्तर्गत निःशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने भएको छ।

वीरगन्ज महानगरपालिकाले जारी गरेको सूचनामा मानसिक रोग विशेषज्ञद्वारा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई उपचार तथा परामर्श सेवा प्रदान गरिने उल्लेख गरिएको छ।

यस कार्यक्रम अन्तर्गत २०८२ साल भदौ २२ गते आइतबार, बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म वीरगन्ज स्वास्थ्य चौकी, वडा नं. १४ मा सेवा उपलब्ध हुने जनाइएको छ।

महानगरले यस अवसरको पूर्ण लाभ लिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *