सशस्त्र प्रहरी पर्साद्वारा साढे चार लाख बराबरको किराना सामान छापामारी गरि बरामद।(भिडियो सहित )

समाचार

रसीद आलम,बिरगंज ,१६ फागुन ।

सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिएका तस्करीका किराना सामानहरु छापामारी गरि बिरगंज-५ कुमाल टोलबाट नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा बुधबार पर्साको बिरगंज महानगरपालिका -५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलिले छापामारी गरि करिब ४ लाख ३१ हजार ५ सय १० रुपैयाँ बराबरको किराना सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताएका छन् ।

बरामद गरिएको समानहरु आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *