सशस्त्र प्रहरी बल, नेपाल र भारतीय SSB बीच DIG स्तरीय समन्वय बैठक सम्पन्न ।

बिदेश राजनीति समाचार

रसीद आलम ,महोत्तरी,१३ पुस ।

सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा पुस १२ मा सम्पन्न भएको छ।

बैठकमा सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, भारतीय सशस्त्र सीमा बलका मुजफ्फरपुर सेक्टर हेडक्वार्टरका DIG दीपक कुमार, पुर्णिया सेक्टरका DIG राजेश टिक्कु, र बेतिया सेक्टरका DIG एस. सुब्रमण्यमलगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल, नेपालका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सूर्यबहादुर सेन ओली, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, धनुषा, र बाराका गणपतिहरू तथा भारतीय SSB का विभिन्न बटालियनका कमाण्डेन्टहरूको समेत उपस्थिति रहेको थियो।

बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, तथा सीमामा हुने आपराधिक गतिविधि रोकथामका विषयमा गहन छलफल भएको थियो। दुवै पक्षले सीमा क्षेत्रमा हुने संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, सूचनाको आदानप्रदानलाई सुदृढ गर्ने, र चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने सहमति जनाएका छन्।

सशस्त्र प्रहरी बलका बाहिनीपति धौवजीले नयाँ प्रकृतिका आपराधिक गतिविधि पहिचान गरी समयमै समाधान गर्न दुवै पक्षको नियमित समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। SSB का DIG दीपक कुमारले साना घटनाहरूको जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउन जोड दिए।

बैठकले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै दुवै देशका सुरक्षा निकायहरूबीच सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

कार्यक्रमले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै बैठक सम्पन्न भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *