बीरगंज, २२ पुस।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली गरिएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ।
प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले पुस २० गते वीरगंज महानगरपालिका मिनाबजारस्थित एक आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो। बरामद चामलको बजार मूल्य करिब २ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको उक्त चामललाई वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ।
