पर्सा, २२ पुस ।
पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १६ दुर्गा हल नजिकको विजुलीको पोलमा तार सर्ट भई आगलागी भएको छ। मिति २०८१।०९।२२ गते अपराह्न ३:२० बजे सुरु भएको आगलागीको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरज चौलागाईंको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
यसैगरी, इलाका प्रहरी कार्यालय नगवाका थप प्रहरी टोलीले पनि आगलागी नियन्त्रणका लागि सहकार्य गरेको छ। आगलागीलाई फायर एक्स्टिङ्गुइशरको सहयोगमा ऐन समयमा नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार, आगलागी ऐन समयमा नियन्त्रणमा लिन सफल भई कुनै मानवीय वा चौपाया क्षति भएको छैन। आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनाले प्रहरीको सतर्कता र शीघ्र प्रतिक्रिया प्रभावकारी रहेको पुष्टि गरेको छ।
