तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प, नेपालका विभिन्न भागमा धक्का महसुस

बिदेश राजनीति समाचार

बिरगंज ,२३ पुस ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर ७.० म्याग्निट्युडको भूकम्प गएको छ। इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमका अनुसार यसको प्रभाव नेपालका विभिन्न भागमा महसुस गरिएको छ। काठमाडौँ उपत्यकासहित मधेश प्रदेशको जनकपुर, बिरगंज लगायतका क्षेत्रमा पनि भूकम्पको धक्का स्पष्ट रूपमा महसुस गरिएको हो।५.३ म्याग्निट्युडको धक्का रहेको आशंका गरिएको छ।

यस भूकम्पको केन्द्रबिन्दु तिब्बतमा रहेको र त्यहाँ ७.० म्याग्निट्युडको मापन गरिएको छ। यसका धक्का बङ्लादेश, भारत, भूटान र चीनमा पनि महसुस गरिएको छ।

हालसम्म यस घटनाबारे आधिकारिक विवरण प्राप्त हुन बाँकी छ। सबैलाई सतर्क रहन र सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *