सर्लाहीका साहको हत्या आरोपमा ६ जना पक्राउ

समाचार

काठमाडौं,१८ चैत ।सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) र भारत बिहारका सुनिल शर्मा (२९ वर्ष) रहेका छन्।

२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा उनको शव चैत १५ गते  माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *