कैलाली, पुस २४ ।
खानेपानी मन्त्री प्रदीप यादवले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित लम्की चुहा नगरपालिकामा निर्माणाधीन लम्की चुहा सहलगानी आयोजना स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री यादवले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। आयोजनाको निर्माण सम्पन्न भएपछि करिब १५ हजार नागरिकले शुद्ध खानेपानी प्राप्त गर्ने विश्वास गरिएको छ।
मन्त्री यादवले नागरिकका खानेपानी समस्याहरू समाधान गर्ने उद्देश्यले केही महिनादेखि दुर्गम क्षेत्र र नागरिकका घरदैलोमा पुगेर समस्या बुझ्न र समाधानका उपाय अवलम्बन गर्न थालेका छन्। उनले शुद्ध खानेपानी वितरणलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
