पर्सामा ५० केजी गाँजासहित ४ जना पक्राउ

बिदेश राजनीति समाचार

बिरगंज ,२४ पुस ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगञ्ज चोक नजिकबाट ५० केजी गाँजासहित ४ जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा मिति २०८१ साल पुष २३ गते राति करिब ९:३० बजे प्रहरीले कुलोको बाटो हुँदै गाँजा बोक्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको नाम र ठेगाना यस प्रकार रहेको छः

१. पारस यादव (४० वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १

२. मैनादिन मियाँ (५२ वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १

३. अकवर मियाँ (३६ वर्ष), तिनटोलिया, बहुदरमाई न.पा. वडा नं. ७

४. शिव महतो (४५ वर्ष), छप्कैया, बहुदरमाई न.पा. वडा नं. ७

 

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकको बोरा भित्र रातो प्लास्टिकले बेरेर राखिएको गाँजा ४ पोकामा करिब ५० केजी बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *