वीरगञ्ज-२८ ददरवनमा सार्वजनिक जग्गाको संरक्षणबारे छलफल

बिदेश राजनीति समाचार

वीरगञ्ज,२४ पुस ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ स्थित ददरवनको सार्वजनिक जमिनको संरक्षणबारे महानगर प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्दै स्थानीयहरूसँग छलफल गरेका छन्।

स्थानीयहरूलाई सहभागी गराउँदै उनले सार्वजनिक जग्गाको अवस्था र अतिक्रमणबारे जानकारी लिएका हुन्। प्रमुख सिंहले सार्वजनिक जग्गाको संरक्षण गर्ने र अतिक्रमणमा परेका जमिनलाई पुनः प्राप्त गर्ने अभियानलाई प्राथमिकतामा राखेको बताएका छन्।

यसै क्रममा उनले बुधबार ददरवनको सार्वजनिक जग्गा र पोखरीको निरीक्षण गरेका थिए। सो अवसरमा प्रमुख सिंहसँग उनका सल्लाहकार हरी पोख्रेल र नगर प्रहरी पनि सहभागी थिए।

महानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण अभियानअन्तर्गत प्रमुख सिंहले यसअघि विपि उद्यान पार्कको अतिक्रमित जमिन खाली गराइसकेका छन्। अभियानले स्थानीयको सकारात्मक सहभागिता पाउँदै आएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *