मुख्यमन्त्री सिंहले दलित तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त

बिदेश राजनीति समाचार

बिरगंज ,२४ पुस ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित, महिला, युवा तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जवाफदेहिताका लागि नागरिक अभियानसँगको भेटमा मुख्यमन्त्री सिंहले मुसहर समुदायलगायत अन्य पिछडिएका वर्गहरूको जीवनशैलीमा सुधार आवश्यक रहेको बताउनुभएको हो।

उहाँले नागरिक समाजको सहयोगबाट संचालन भएको “मिडिया फेलोशिप कार्यक्रम” प्रभावकारी रहेको र यसलाई प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो।

नागरिक अभियानका संयोजक साजिर मन्सुरले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै दलित, महिला र अल्पसंख्यक समुदायको मुद्दा सम्बोधनमा ध्यान दिन आग्रह गर्नुभएको थियो। कार्यक्रममा “हाम्रो अभियान” पर्साका शिवनाय यादवले फेलोजहरूले प्रकाशन गरेका समाचारहरूको संग्रह हस्तान्तरण गर्नुभएको थियो।

उक्त अवसरमा सलमा खातुले मिडिया फेलोशिप कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नागरिक अभियानका सदस्यहरू निभा सिंह, ओमप्रकाश सरार्फ, फैजा खातुनलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम युएसएआइडी नागरिक समाज सञ्चार अन्तर्गत द एसिया फाउण्डेशनको सहयोगमा सञ्चालित “मिडिया फेलोशिप कार्यक्रम” द्वारा आयोजना गरिएको हो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *