रसीद आलम,बिरगंज,१६ चैत ।
सशस्त्र प्रहरी बल पर्साले अबैध कपडा र सुर्तीसहित २ वटा अटोलाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो१:४०को समयमा बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी )सुरज रिजालको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा ना २ ह १५९१ र ना १ ह ३९०२ नम्बरको अटोलाई नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भारतबाट नेपालतर्फ आउदै गरेको उक्त अटोहरुमा फल्स बटम बनाई लुकाई छुपाई राखेको २० हजार ५ सय रुपैयाँ बराबरको लता कपडा र रु.३० हजार ८ सय बराबरको ४५ किलो सुर्ति बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोली देखी दुबै चालक अटो छाडि भागि गएको हुदाँ उक्त अटोलाई नियन्त्रणमा लिईएको डिएसपी रिजालले जनाए ।
कपडा ,सुर्ती तथा अटोको रु. ४ लाख ६० हजार गरि जम्मा ५ लाख ११ हजार ३ सय रुपैयाँ बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको विरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले बताएका छन् ।