धनुषामा कार्यरत डिएसपी रिजालको पर्सामा गरेको कार्यको उच्च मुल्यांकन गर्दै प्रधान कार्यालयद्वारा कदर पत्र प्रदान।

बिदेश राजनीति समाचार

डिएसपी सुरज रिजाललाई सीमा अपराध नियन्त्रणमा ऐतिहासिक योगदान गरेको भन्दै कदर पत्र प्रदान

काठमाडौं, माघ ८ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजाललाई सीमा सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै “Best Integrity Officer-Award” सहित कदर पत्र प्रदान गरेको छ।

डिएसपी रिजालले सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगञ्जमा मिति २०८० चैत ७ देखि २०८१ पुस ५ गतेसम्म गुल्मपतिको रूपमा कार्य गर्दै अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई २४औं सशस्त्र प्रहरी दिवसका अवसरमा विशेष सम्मान प्रदान गरेका हुन्।

९ महिनाको कार्यकालमा करिब २४ करोड रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरी तस्करी नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गर्न सफल रिजाल अहिले धनुषा जिल्लामा कार्यरत छन्।

महानिरीक्षक अर्यालद्वारा हस्ताक्षरित कदर पत्रमा डिएसपी रिजालको कर्तव्यनिष्ठता, इमान्दारिता, र समन्वयात्मक भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि देश र जनताको सेवामा समर्पित रहँदै उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *