मधेसी दलले बनाए ८ सदस्सीय कार्यदल

बिदेश राजनीति समाचार

काठमाडौं, १८ माघ । तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।

 

काठमाडौंमा आज बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर गठबन्धनको बारेमा आधिकारिक धारणा सार्बजनिक गर्नेसमेत निर्णय लिएका छन् ।

 

जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष  सुमन, नागरिक उन्मुक्ति पार्टीका  गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *