युके पठाइदिन्छु भन्दै ३७ लाख ठग्ने मदन भण्डारी पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं ,२१ माघ ।वैदेशिक रोजगारीको लागि युके पठाइदिने बहाना बनाएर लाखौं ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई हाल काठमाडौं-१६ सामाखुसी बस्दै आएका ३२ वर्षीय मदन भण्डारी रहेका छन्।

उनाई आइतबार काठमाडौं-१२ टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनले युकेमा आकर्षक तलबको लोभ देखाएर युवायुवतीहरूबाट ३७ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा जाहेरी दिन पुगेका थिए।

यसपछि प्रहरीले भण्डारीको खोजी गरिरहेको थियो। भण्डारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *