बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा , मदिरा नष्ट

समाचार

बारा, ११ बैशाख। जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट गरेको छ।

 

प्रहरीचौकी लंग्डा चौक र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले बिशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो।

गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३ बतरा ,५ टेढाकटी  ६ पटेर्वा गाउँ गरी ८ वटा रक्सी भट्टीमा छापामारी २५१ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले तस्करी, लागूऔषध, अबैध मदिराको कारोवार नियन्त्रण गर्न सञ्चालन गरेको अभियान अन्तर्गत कारवाही तीब्र बनाईएको जनाईएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *