एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे

बिदेश राजनीति समाचार

काठमाडौं, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो ।  खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।

पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *