पर्सा, २३ माघ ।
विशेष सूचनाका आधारमा माघ २२ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाईहरूले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न मालसामान बरामद गरेका छन्। प्रहरीले विभिन्न स्थानहरूमा निगरानी गर्दै अन्दाजी रु. ५६ लाख ४६ हजार ४ सय २९ बराबरका इलेक्ट्रोनिक्स, खाद्यान्न, खुद्रा सामग्री, सुर्ती, चप्पल लगायतका सामान नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने स्थानहरूमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय लंगडी, र प्रहरी चौकी सिर्सिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार चोरी पैठारी नियन्त्रण गर्न प्रहरीले कडा निगरानी गरिरहेको छ।
