राहुल दास नेपाल विद्यार्थी संघ ठाकुरराम क्याम्पस इकाई अध्यक्ष चयन

राजनीति समाचार

वीरगन्ज, १ फागुन ।

नेपाल विद्यार्थी संघको बृहत् विद्यार्थी भेलाबाट ठाकुरराम बहुमुखी क्याम्पस इकाईको अध्यक्ष पदमा राहुल दास चयन भएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं प्रतिनिधि विकेश पटेलले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं प्रतिनिधि विकेश पटेल र ई. मुन राज तिवारीको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, लामो समयदेखि रिक्त रहेको नेपाल विद्यार्थी संघको ठाकुरराम बहुमुखी क्याम्पस इकाई पुनर्गठन गरिएको हो। संघको विधान २०२७ को सातौं संशोधन २०७५ तथा केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार राहुल दासलाई इकाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

संघको विधि, विधान र मर्यादाभित्र रही संगठनलाई गतिशील बनाउने अपेक्षासहित दासलाई मनोनयन गरिएको जनाइएको छ। नेपाल विद्यार्थी संघका नेताहरूले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *