प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा१३ जनाको बढुवा ,पदोन्नति प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित।

समाचार

काठमाडौं,बैशाख ७। नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाल रहेका छन ।

 

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिएका छन साथै नेपाल सरकार गृहमन्त्रालय लगायत नेतृत्व तह प्रहरी संगठनलाई सुधार, सुदृढिकरण र सवलिकरण गर्नमा प्रतिवद्ध रहेकोले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् तथा पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको पदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गर्नुभयो । नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सिमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले तस्करी, सीमा अपराध र राजश्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालयको नीति र नागरिकको चाहना अनुसार प्रहरीको काम कारवाहीलाई अझ बढी चलायमान बनाउँदै संगठनलाई थप मजबुद बनाउन कटिवद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको श्रीवृद्धिमा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

 

स्रोत नेपाल प्रहरी

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *