जनकपुरधाम, ९ चैत । विभिन्न मितिमा प्रहरीले बरामद गरि जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरु लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् ।
प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरुमा मोटरसाइकल ६८०, तीन पांग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरु लिलाम हुन नसकेको छैन । करोडौ मुल्य पर्ने सो सवारीसाधानहरु भन्सार परिसरमा यत्रयत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ ।
२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसधानहरु लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवारीसाधनहरु लिलाम गर्न सूचना निकालिने बताए ।
ति सवारीसधानहरु चोरीपैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरि भन्सार कार्यालयलाई बुझाएको हो ।
