ईलाका प्रहरी कार्यालय प्रसौनीले अचेत अवस्थामा रहेका एक ब्यक्तिलाई उदार गरि अस्पताल पठायो ।

समाचार

रसीद आलम।बारा,चैत ९।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अचेत अवस्थामा रहेका एक  पुरुष व्यक्तीलाई फेला पारी नारायणी अस्पताल बिरगंजमा उपचारकालागि पठाईएको जनाएको छ।

आज बिहान ७:२० मा परवानीपुर गा.पा.५ NMC मेडिकल जान्ने बाटोमा नाम थर वतन नखुलेको वर्ष ४०/४५ को पुरूष व्यक्ति  काठमाण्बडौबाट बिरगंज चल्ने बनेपा सुपर डिलक्स यातायात प्रा.लि.को १८०५ नम्बरको बसको टिकटमा अमोद नाम उल्लेख गरेको अचेत अवस्थामा फेला पारी नारायणी अस्पताल बिरगंज पर्सामा पठाईएको ईलाका प्रहरी कार्यालय  प्रसौनी बाराका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहराले जानकारी गराएका छन् ।


सो ब्यक्तिलाई पहिचान गर्ने वा चिन्नले ईलाका प्रहरी कार्यालय  प्रसौनी बाराका सम्पर्क नम्बर ९८६५४२८५३६ मा सम्पर्क गर्न प्रहरी निरीक्षक बोहराले अनुरोध गरेका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *