जुवा खेल्दै गरेका १० जना ३८ हजार नगदसहित पक्राउ

समाचार

बारा, १० फागुन।

जितपुर सिमरा उपमहानगरपालिका-७ मा जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ३८ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोद्रा वाइवा तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिबार दिउँसो ३:३० बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *