पोखरामा सिंचाइ नहरमा एक पुरुषको शव फेला

समाचार

पोखरा, २४ मंसिर  । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सिंचाइ नहरमा एक जनाको शव फेला परेको छ।

पस्र्याङको अस्थायी टहरामा बस्दै आएका ५५ वर्षीय भीमबहादुर कोसीको शव कालिका पेट्रोल पम्पअगाडि नहरमा फेला परेको प्रहरीले जनाएको छ।

किसानले नहरको ढोका खोल्न जाने क्रममा देखेपछि कालिका सशस्त्र प्रहरी बललाई खबर गरेका थिए।

केसीका २ छोरी र १ छोरा छन्। उनीसँग कान्छी छोरी बस्दै आएकी थिइन् । घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *