मकवानपुरका चित्लाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

समाचार

मकवानपुर, २४ मंसिर । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयाे।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *