बीरगञ्ज, ३ चैत ।
पर्सास्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज , सशस्त्र प्रहरी बलले भन्सार छली ल्याइएका कपडा र अटो नियन्त्रणमा लिएको छ।
बीरगञ्ज भन्सार कार्यालयअगाडि रहेको जाँच चौकीबाट मधेस प्रदेश ००१ ह १७१० नम्बरको विद्युतीय अटोको पछाडि भागमा फल्स बटम बनाएर लुकाइएका कपडासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। भारतबाट ल्याइएका ती कपडाको मूल्य करिब ६८,००० रुपैयाँ रहेको छ भने अटोको मूल्य करिब ३,००,००० रुपैयाँ रहेको छ।
बरामद सामग्रीहरू आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
