धम्की दिई फिरौती माग्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

समाचार

बारा, चैत्र १६।

बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०५, घुसुकपुर निवासी प्रेमलाल पाण्डेयका छोरा, ३० वर्षीय डा. बिकेश कुमार पाण्डेयलाई अज्ञात व्यक्तिले पटक–पटक फोन गरी धम्क्याउँदै ऐ.प्लस हस्पिटलमा बम राखिएको बताउँदै रु. २० लाख फिरौती मागेको घटनामा संलग्न व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा धम्की दिने र फिरौती माग्ने व्यक्तिको पहिचान खुलेको थियो। सोही अनुसन्धानका आधारमा कलैया उप-महानगरपालिका वडा नं. ०५, घुसुकपुर निवासी ४८ वर्षीय मदन मिश्रलाई सीमावर्ती भारतीय राज्य बिहारको मोतिहारी प्रहरीको सहयोगमा कलैया उप-महानगरपालिका वडा नं. १०, शिवपुर चिउटाहाबाट पक्राउ गरिएको हो।

बिशेष प्रहरी टोलीको सहयोगमा पक्राउ गरिएका मिश्रमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *