बारामा ३२ किलो गाँजासहित एकजना पुरुष पक्राउ

समाचार

बारा,२७ चैत ।

बाराको पथलैयामा लागू औषध गाँजा सहित एक पुरुष पक्राउ परेका छन्।

मिति २०८१ साल चैत्र २४ गते बिहान ७:३० बजे प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका–१, पथलैया चोकमा हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटो रोकी जाँच गरेको थियो।

जाँचका क्रममा अटोभित्र लुकाइ छिपाइ राखिएको ३२ किलो लागू औषध गाँजा फेला परेको हो। घटनासँग सम्बन्धित अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

पक्राउ परेका व्यक्ति मकवानपुर जिल्ला, हेटौंडा उप-महानगरपालिका–१४ निवासी ४२ वर्षीय सोमबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *