पूर्वी चम्पारण, मोतिहारी ।
रामनवमीको अवसरमा आयोजित शोभा यात्रामा समाजिक सौहार्द बिगार्ने गरी भड़काऊ भाषण दिएको अभियोगमा मोतिहारी प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ।
६ अप्रिल २०२५ को साँझ, रामनवमी जुलूसका क्रममा रथमा सवार एक व्यक्तिले हजारौंको भिडलाई लक्षित गर्दै विशेष समुदायविरुद्ध आपत्तिजनक नारा लगाएका थिए। यस घटनाले शान्ति सुरक्षा व्यवस्थामा समस्या उत्पन्न गर्ने सम्भावना देखिएको थियो।
प्राप्त जानकारी अनुसार, शोभा यात्राको दौरान दिइएको उक्त भड़काऊ भाषणको भिडियो फेसबुकमा ‘सन्तोष कुमार (स्टुडियो वाला)’ नामक आईडीबाट सार्वजनिक गरिएको थियो। अनुसन्धानको क्रममा उक्त भिडियोले सामाजिक सद्भावमा असर पुर्याउने देखिएकाले सन्तोष कुमार र दिग्विजय सिंह (पिता: सुदामा सिंह, ठेगाना: मिश्र कॉलोनी, वार्ड नं. ५, थाना हरैया, पूर्वी चम्पारण) विरुद्ध कारबाही गरिएको प्रहरी स्रोतले जनाएको छ।
रक्सौल थाना काण्ड सं. १४८/२५ अन्तर्गत सन्तोष कुमारविरुद्ध बी.एन.एस. धारा १९६, २९९, ३०२, ३(५) र सूचना प्रविधि ऐन (आईटी एक्ट) को धारा ६७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। साथै, दिग्विजय सिंहलाई पनि प्रारम्भिक नोटिस दिइएको छ।
प्रेस विज्ञप्ति मार्फत मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातले शान्ति र सौहार्द कायम राख्न प्रहरीले उच्च सतर्कता अपनाएको र दोषीमाथि कडा कारबाही गरिने जानकारी दिएका छन्।
