रसीद आलम।
पर्सा ,बिरगंज, माघ १६ सोमबार ।बिल विजक भन्दा बढी विभिन्न धनिया, सुख्खा खुर्सानी तथा जिरा मसाला लगायतका मालबस्तुहरू बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं.९ रेल्वे सडकखण्डबाट ग २ ख ५७१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।
उक्त ट्रक र सो भित्र लोड रहेको मसालाका सामानहरूको
रू. २१,१२,३६३।– (एकाइस लाख बाह्र हजार तिन सय त्रिसठ्ठी) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जानकारी पर्सा प्रहरीले दिएको छ ।