काठमाडौं, भदौ १० ।
काठमाडौं उपत्यकामा पैदल यात्रुहरूको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने क्रममा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल असार १५ गते नागार्जुन नगरपालिका–२ मुस्कान नर्सरी चोकमा र साउन १२ गते ठुलोभर्याङ स्वागत मार्गमा पैदल यात्रुहरूको सिक्री लुटपाट तथा चोरी गर्ने घटनामा संलग्न भएको प्रमाणसहित पक्राउ गरिएको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले भदौ ८ गते साँझ ६ बजे काठमाडौं महानगरपालिका–७ कुमारीगलबाट घटनामा प्रयोग भएको मोटरसाइकलसहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका ३६ वर्षीय कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।
