भन्सार छलीका लाखौं मूल्यका सामान बरामद

समाचार

बिरगंज, ५ बैशाख ।

सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौका द्वारा लाखौं मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा सञ्चालन गरिएको विशेष अपरेशनमा झण्डै ३ लाख रुपैयाँ बराबरको कपडा तथा अन्य विभिन्न सामग्रीहरू नियन्त्रणमा लिइएको हो।

उक्त सामानहरू अलौका क्षेत्रका विभिन्न सिमानाकाबाट अबैध रूपमा नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिइएको डिएसपी पुजाराले जानकारी दिए। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *