भन्सार छलिका साढे चार लाख बराबरको समान बरामद, बिर्ता प्रहरी निरीक्षक चौलागाईंको टोलीको सफल अभियान

समाचार

रसीद आलम

बिरगंज, २५ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले करिब साढे चार लाख रुपैयाँ बराबरको भन्सार छलिका अवैध समान नियन्त्रणमा लिएको छ।

बैशाख २३ गते साँझ ७:४० बजे, वीरगंज महानगरपालिका–८, माइस्थान पछाडिको सडक क्षेत्रमा प्रहरीले नियमित गस्तीका क्रममा भारतबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको मोवाइलको हार्ड ग्लास २० प्याकेट र विभिन्न कम्पनीका ब्लुटुथ एअरपड्स ३७२ थान बरामद गरेको हो। बरामद समानको अनुमानित मूल्य ४,५४,४०० रुपैयाँ रहेको छ।

प्रहरीले बरामद गरिएका समानहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *