बारा,२४ जेठ ।
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–०७ स्थित जीतपुर बजारमा जेष्ठ २४ गते बिहान १:३० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वा. बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेलको नेतृत्वमा खटिएको मोबाइल टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरेको तीनवटा हिरो होण्डा मोटरसाइकलसहित रेडिमेड लेडीज कपडा र स्टेशनरी सामग्री बरामद गरेको छ।
बरामद गरिएको सामानको अनुमानित मूल्य करिब रु. ६,८०,०००/- रहेको र मोटरसाइकलहरूको अनुमानित मूल्य करिब रु. ३,५०,०००/- रहेको बताइएको छ। यसरी, बरामद गरिएका सामान तथा सवारी साधनको कूल अनुमानित मूल्य करिब रु. १०,३०,०००/- बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.शी.ले जानकारी दिनुभएको छ।
उक्त सामानहरू र मोटरसाइकलहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरी बाराले जनाएको छ।
