सशस्त्र प्रहरीद्वारा ७५०० वटा प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रण, ३ वटा मोटरसाइकल बरामद

समाचार

पर्सा, जेठ  २४ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ डकैला चोकमा भारतबाट चोरी पैठारी गरी ल्याइएका ७५ कार्टुन (७५०० वटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ। ती चल्ला तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेका थिए।

बरामद भएका चल्ला आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहवरमा नं १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। साथै, उक्त चल्ला पैठारीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको पनि बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *