नेपाली प्रहरीका कर्मचारी र परिवारजनलाई स्वास्थ्य उपचारमा ५०% छुट सुविधा सम्बन्धी सम्झौता

समाचार

पर्सा, २८ जेठ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र नेशनल मेडिकल कलेज प्रा.लि., पर्साबीच नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी कर्मचारी, निजका आश्रित परिवारजन तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई विभिन्न स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म शुल्क छुट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता (MOU) सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र र नेशनल मेडिकल कलेज प्रा.लि. पर्साको तर्फबाट सहनवाज हुसेन अन्सारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताबाट पर्सा जिल्लामा कार्यरत प्रहरी कर्मचारी र उनका परिवारजनहरुले सुलभ शुल्कमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *