एयर इन्डियाको लन्डन जाँदै गरेको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, २४२ यात्रु सवार

समाचार

गुजरात, भारत ,२९ जेठ । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै बिहीबार दिउँसो एक भयावह विमान दुर्घटना भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार एयर इन्डियाको लन्डन जाँदै गरेको बोइङ एआई १७१ विमान उडान भरेको केही मिनेटमै मेघानीनगर क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाको समय अपराह्न १:३८ बजे बताइएको छ। हाल उद्दार कार्य तीव्र गतिमा जारी रहेको जनाइएको छ।

विमानमा कुल २४२ यात्रु सवार थिए, जसमा १६९ जना भारतीय नागरिक, बेलायतका ५३, पोर्चुगलका ७ र क्यानडाका १ नागरिक रहेका थिए। यात्रुहरूमध्ये गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको पुष्टि भएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी छ भने उद्धार टोली घटनास्थलमा परिचालित गरिएको छ। यात्रुहरूको अवस्था बारेमा आधिकारिक पुष्टि आउन बाँकी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *