असोज -४ काठमाडौं
नेपालको जलविद्युत ,पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लागानि भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले इन्डोनेशियाको राजदूत हेरु हारतान्तो सुबोलो संग आग्रह गरेका छन ।
मंगलबार बालुवाटारमा नेपालका लागी इन्डोनेशियाका राजदूत सुबोलो संगको भेट-वार्तामा नेपालका पर्यटन ,जलविद्युत अन्य सम्भावित ब्यवसायमा इन्डोनेशियाका सारकारी तथा निजि क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको पर्यटनलाई इन्डोनेशियाका पर्यटक बीच सुमधुर सम्बन्ध बनाई प्रवर्धन गर्न आग्रह गरेका छन ।
राजदुत सुबोलोले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीलाई इन्डोनेशिया भ्रमण गर्दा सहज बाताबरण बनाउन अन अराइभल भिसा उपलब्ध गराउने सम्बन्धि काम भइरहेको जानकारी गराए।
