वीरगंज, असोज ७
नेपाल खेलकुद महासंघको प्रथम वीरगंज महानगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय सह ईन्र्चाज रमेश पौडेलको प्रमुख आतिथ्यमा हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे पदम पार्टी सेन्टर वीरगंजमा हुने आयोजकले जनाएको छ । नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव शिव गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका निर्वतमान उपाध्यक्ष मानदेव हजरा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकार महेश दास ,महासंघका जिल्ला सचिव संदिप बस्नेत लगायतको उपस्थिती थियो ।