वीरगञ्जमा ट्याक्टर दुर्घटना : दुई किशोरको मृत्यु, एक जना घाइते

समाचार

वीरगञ्ज, १३ असार ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२८ बगहीस्थित छठी घाट नजिक शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई किशोरको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा बगहीका पन्ना पटेलका १६ वर्षीय छोरा आकाश पटेल र राजेश पटेलका १७ वर्षीय छोरा गोलु भनिने शिबु पटेल रहेका छन्। उनीहरू सवार नम्बर प्लेटविहीन ट्याक्टर अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा एक जना युवक घाइते भएका छन्, तर उनकी पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकका शवलाई नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *