काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाहमुखी कृषिलाई व्यवसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिमैत्री बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अघि सारेको बताएका छन्।
उनका अनुसार, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू गठन गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ। परियोजना अन्तर्गत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको छ।
प्रधानमन्त्री ओलीले भने, “कृषिलाई परम्परागत शैलीबाट आधुनिक व्यवसायमा रूपान्तरण गरेपछि यसले उत्पादन वृद्धि मात्र नभई रोजगारी सिर्जना गर्न पनि ठूलो योगदान पुर्याउनेछ।”
