मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पर्साबाट पक्राउ

समाचार

पर्सा, ४ भदौ ।
नेपालका कास्की, झापा, काठमाडौँ, धादिङ, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्लाका सर्वसाधारण महिला तथा बालिकालाई राम्रो काम लगाइ दिने, नयाँ कपडा खरिद गरिदिने, विवाह गर्ने आश्वासन दिने तथा नगद पैसाको प्रलोभन देखाई ललाई–फकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्य भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पर्सामा ठूलो सफलता हात पारेको छ।

मिति २०८२ भदौ ३ गते दिउँसो २ बजेतिर जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मानव बेचबिखनमा संलग्न एक महिलालाई पक्राउ गरेको हो। प्रहरीले हेटौडाबाट गाडी चढाइ बीरगञ्ज ल्याइ भारतको रक्सौलतर्फ लैजाने क्रममा तीन जना महिलालाई सकुशल उद्धार गर्न सफल भएको हो।

यस क्रममा गोरखा नगरपालिका–४ घर भएकी वर्ष २८ की सरिता सिर्मललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेकी सिर्मलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *