बारामा १३८ किलोभन्दा बढी गाँजा सहित महिला पक्राउ

समाचार

बारा, भदौ १८ ।
विशेष सूचनाको आधारमा भदौ १३ गते प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक महिलालाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट प्र.नि. पवन पछाईको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–२ नयका टोलस्थित रिता देवी यादवको घरमा छापा मार्दा खाटमुनि लुकाइ राखिएको १३८ किलो ७०० ग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार गाँजा जुट र प्लास्टिकको बोरा भित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा भेटिएको थियो। बरामद गरिएको लागू औषध सहित घरधनी ३५ वर्षीया यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *