Gen-Z आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार कैदी पर्साबाट पक्राउ

समाचार

पर्सा, १५ असोज ।
Gen-Z आन्दोलनका क्रममा भिमफेदी कारागार, मकवानपुरबाट फरार भएका एक कैदीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट २५ वर्षीय अमजत मियालाई पक्राउ गरेको हो। लागुऔषध सम्बन्धी कसुरमा संलग्न मियालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, गत भदौ २५ गते कारागार कार्यालय भिमफेदीबाट Gen-Z आन्दोलनकै क्रममा उनी फरार भएका थिए।

पक्राउ परेका मियालाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार पक्राउ कार्य सफलतापूर्वक सम्पन्न भएको र फरार कैदीलाई कानुनी दायरामा ल्याइएको छ।

पक्राउ परेका कैदीको विवरण:

  • नाम: अमजत मिया
  • उमेर: २५ वर्ष
  • ठेगाना: वीरगञ्ज महानगरपालिका–१६, पर्सा
  • मुद्दा: लागुऔषध सम्बन्धी कसुर
  • फरार भएको कारागार: भिमफेदी कारागार, मकवानपुर
  • पक्राउ मिति: २०८२ असोज १५ गते

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *