काठमाडौँ, १६ मंसिर ।
काठमाडौँको बुढानिलकण्ठ–४ स्थित मुख्य सडकखण्डमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १४.१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
मोरङ बेलबारी नगरपालिका–११ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ–४ पासीकोट बस्ने २४ वर्षीय दिपेश घतानीलाई प्रहरीले शुक्रबार साँझ ६:२५ बजे चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
उनको साथबाट खैरो हेरोइनजस्तो देखिने १४.१० ग्राम लागुऔषध, लु.प्र.०३–००१ प ०९६३ नम्बरको कालो बुलेट मोटरसाइकल र नगद रु. ८,००० बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक थप अनुसन्धान कार्य प्रहरी वृत्त महाराजगञ्जबाट भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
